+
+
Shares

बुद्ध एयरले कोलकातामा पुन: नियमित उडान गर्ने, सातामा तीन दिन

बुद्धले यो रुटमा आइतबार, मंगलबार र बिहीबार नियमित उडान गर्ने गरी तालिका बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध एयरले १९ अक्टोबरदेखि काठमाडौं-कोलकाता रुटमा नियमित उडान सुरु गर्ने योजना बनाएको छ।
  • कोलकातामा बुद्ध एयरले पहिलो पटक २०७६ साल मे २७ मा उडान गरेको थियो तर निरन्तरता दिइएन।
  • उडानको समय १ घण्टा ३० मिनेटको छ र आइतबार, मंगलबार र बिहीबार उडान हुने तालिका बनाइएको छ।

७ असोज, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय सहर कोलकातामा पुन: नियमित उडान गर्ने भएको छ ।

कम्पनीका अनुसार १९ अक्टोबर (२ कात्तिक) देखि काठमाडौं-कोलकाता रुटमा नियमित उडान गर्ने योजना छ ।

कोलकातामा बुद्धले २७ मे २०१९ (२०७६ साल) मा पहिलो पटक नियमित उडान गरेको थियो । तर, यो उडानलाई निरन्तरता भने दिइएन ।

बुद्धले पुन: उडान थाल्ने गरी मिति तय गरेको हो । कोलकाताका लागि टिकट बुकिङ पनि खुलाएको छ । बुद्धले काठमाडाैं-काेलकाता एकतर्फी भाडादर प्रतियात्रु १३ हजार ३ सय ५३ रुपैयाँ ताेकेकाे छ ।

काठमाडौंदेखि कोलकाता उडान १ घण्टा ३० मिनेटको छ ।

बुद्धले यो रुटमा आइतबार, मंगलबार र बिहीबार नियमित उडान गर्ने गरी तालिका बनाएको छ ।

कोलकाता र नेपालबीच व्यापारिक सम्बन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?