२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी मुख्यालय च्यासल पुगेका छन् ।
११औं महाधिवेशनमा सहभागी हुन देशभरिबाट प्रतिनिधिहरू काठमाडौं आउनेक्रम जारी छ ।
काठमाडौं आइसकेका महाधिवेशन प्रतिनिधिहरू च्यासलमा भेला हुन थालेपछि पार्टीका शीर्ष नेताहरू पनि च्यासल आउजाउ गरिरहेका छन् ।
यही क्रममा अध्यक्ष ओली बिहीबार दिउँसो च्यासल पुगेका हुन् ।
अध्यक्ष ओलीभन्दा अघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल च्यास पुगेका थिए । महाधिवेशन प्रतिनिधिहरूसँग भेट गरेर पोखरेल बाहिरिएपछि अध्यक्ष ओली च्यासल पुगेका हुन् ।
देशभरिबाट आएका प्रतिनिधिहरूले आआफ्नो पक्षका नेताहरूसँग भेट गरेर महाधिवेशनबारे चासो राखिरहेका छन् । जसका कारण आज दिनैभरि च्यासलमा चहलपहल बढेको छ ।

प्रतिक्रिया 4