+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

थाइल्यान्ड–कम्बोडिया सीमामा झडप : ९ जना थाई सैनिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कम्बोडियासँगको सीमा झडपमा ९ जना थाई सैनिकको मृत्यु र १२० भन्दा बढी घाइते भएका छन्।
  • झडपका कारण लगभग दुई लाख थाई नागरिक विस्थापित भएर ८४९ शरणार्थी शिविरहरूमा शरण लिएका छन्।
  • झडपले लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएका छन् र गोलीबारी अझै जारी छ।

२५ मंसिर, बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा ९ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताएका छन् ।

उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरुले हाल शरणार्थी शिविरहरूमा शरण लिएका छन् ।

पत्रकारहरुको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट गरिएको जनाउदै अहिलेसम्म ८४९ वटा शरणार्थीहरु शिविरहरू स्थापना गरिएको बताएका छन् ।

यसैबीच झडपमा लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएको जनाइएको छ ।

थाइल्यान्ड सेनाका क्षत्रिय कमान्डले बिहीबार सामाजिक सञ्जालको पोस्टमा कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानहरूमा गोलीबारी गर्दै झडप अझै जारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?