+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

कार्यकर्ता भेट्न ईश्वर पोखरेल च्यासलमा (तस्वीरहरू)   

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टी मुख्यालय च्यासल पुगेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर २५ गते १४:१०

२५ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टी मुख्यालय च्यासल पुगेका छन् ।

विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौं आइपुगेका प्रतिनिधिहरू पनि च्यासल पुगेका छन् ।

देशभरिबाट जनप्रतिनिधिहरू आउने क्रम सुरु भएसँग नेता पोखरेल पनि च्यासल पुगेर आफ्नो पक्षमा माहोल बनाउन लागि परेका छन् ।

बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका थिए ।

२७ मंसिरदेखि एमालेको ११औं महाधिवेशन सुरु हुँदै छ । च्यासलमा भेला भएका नेताहरूले आ-आफ्नो पक्षमा माहोल बनाइरहेका छन् ।

सोमबार पार्टी मुख्यालय च्यासलमा पोखरेल समूहले आफ्नो तर्फबाट अवधारणापत्र समेत बुझाएको थियो । महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफ्नो समूहको मुद्दाहरू समेटिनुपर्ने माग सो समूहको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?