+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

६४ लाख घर पुगेर माफी माग्छौं, ३ लाख आइटी आर्मी बनाउँछौं : वामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका नेता वामदेव गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताएका छन्।
  • गौतमले विगतमा आफूले उपप्रधान तथा गृहमन्त्री भएर पनि नेपाल विकास गर्न नसकेको स्वीकार गर्दै आत्मालोचना गरेका छन्।
  • उनले फागुन २१ को निर्वाचनपछि नेकपाको सरकार बन्ने दाबी गर्दै नेताहरूलाई भाग्ने छुट नभएको चेतावनी दिएका छन्।

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले भाषण गरेर हिँड्ने मात्रै नभई जनताको घरदैलोमा पुगेर माफी माग्न आफ्नै नेताहरूलाई आग्रह गरे । ‘हाम्रो देशमा अहिले ६४ लाख घर परिवार छन् । यी नै परिवारमा २ करोड ९२ लाख जनसङ्ख्या रहन्छन् । ६४ लाख परिवारमा पुग्नै पर्छ, गएर माफी माग्नै पर्छ’ नेता गौतमले भने ।

उनले नेकपाले समाजवाद निर्माण गर्न नसके आफूहरू जेलमा कोचिन समेत तयार रहेको बताए । विगतमा आफूहरू पटक पटक सत्तामा हुँदा चाहेर पनि धेरै कुरा गर्न नसकेको भन्दै गौतमले आत्मा आलोचना समेत गरे । ‘विगतमा म तीन पटक उपप्रधान तथा गृहमन्त्री भए । तर नेपाल विकसित हुन सकेन । त्यसैले म आत्मालोचना गर्छु । सरकारमा रहँदा जति गर्नुपर्ने थियो, त्यति मैले गरिन्’ उनले भने ।

उनले यो देशको विकास नहुनामा अरू पार्टीका नेताहरू जतिकै नेकपा नेताहरू पनि जिम्मेवार रहेको स्वीकारे । ‘हामी सत्तामा हुँदा भनेअनुसार काम गर्न नसकेकै हो । त्यस प्रति हामी आत्मालोचना गर्दछौँ । तपाईंहरूसँग माफी माग्छौ’ उनले भने, ‘भविष्यमा त्यो गल्ती दोहोर्‍याउने बाचा गर्दछौँ ।’

गौतमले ३ लाख शक्ति भएको आइटी आर्मी बनाएर पार्टी विरुद्ध बोल्नेहरूमाथि प्रहार गर्ने बताए । उनले उक्त आइटी आर्मी छिटो भन्दा छिटो बनाउन नेताहरूलाई मञ्चबाटै आग्रह समेत गरे ।

उनले फागुन २१ को निर्वाचन पछि नेकपाको सरकार बन्ने दाबी समेत गरे । ‘नेकपाले आयोजना गरेको भेलामा जनलहर उर्लेको छ । फागुन २१ को निर्वाचनबाट हामी सरकार बनाउने सक्ने क्षमताका साथ अहिले उपस्थिति भएका छौ । अव हामी सरकार बनाउने तयारीमा लाग्नुपर्दछ,’ उनले भने ।

निकै आक्रामक सम्बोधन गरेका गौतमले अब नेताहरूलाई भाग्ने छुट नभएको बताए । विगतमा भएका कमजोरीहरूलाई खुलेर स्वीकार गरेका गौतमले जनतालाई भ्रममा नपार्न आफ्नै नेतृत्वलाई चेतावनी समेत दिए । ‘जनतालाई ढाँट्नका लागि मात्र समाजवाद नभन्नुहोस्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?