+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

एमाले नेताहरूलाई नेकपामा आउन झलनाथ खनालको आग्रह

‘अब टुटेर, फुटेर हैन । एकजुट भएर एउटा निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा हामी एक हुनु पर्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १६:३५

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका हुन् । ‘एमालेका साथीहरू तपाईँहरूको बाटो पनि यही हो । अर्को बाटो छैन । तपाईँहरू पनि एकताबद्ध हुनुहोस् कमरेडहरू’ उनले भने, ‘हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गरौँ । एउटा देशमा हजार वटा सर्वहारा श्रमिक वर्गको पाटी हुँदैनन् ।’

विगतमा विभिन्न फुर्का जोडेर हिडेपनि अबको मार्गदर्शन मास्कवाद र लेलीनबाद नै रहेको उनले बताए । ‘यो पार्टीको विशेषता भनेको नेपाली विशेषताको समाजवाद हो । हामी सबै एकताबद्ध भएर अगाडि बढ्ने संकल्प गरौँ’ उनले भने, ‘उहाँहरूको महाधिवेशन हुँदै छ । महाधिवेशनमा भएका साथीहरूलाई म आग्रह गर्न चाहन्छु । आउनुहोस् यो मूल प्रवाहमा अगाडि बढौँ ।’

नेपालका कम्युनिस्ट पार्टीहरू एक भएर राष्ट्रिय रूपमै एउटा अपराजित शक्तिको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । ‘अब टुटेर, फुटेर हैन । एकजुट भएर एउटा निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा हामी एक हुनु पर्छ,’ उनले भने ।

सम्बोधनका क्रममा नेता खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको टिप्पणी समेत गरे । जनताले गाँस, बास र कपाससहित शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य रहेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?