+
+
Shares

कांग्रेस छोडेका खगेन्द्र कर्ण रास्वपाको समानूपातिक सूचीमा

नेपाली कांग्रेस परित्याग गरेका खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी ((रास्वपा)को समानुपातिक सूचीको उम्मेदवार बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस परित्याग गरेका खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा पुरुषतर्फ दोस्रो स्थानमा परेका छन्।
  • रास्वपाले निर्वाचन आयोगमा पेश गरेको ११० जनाको सूचीमा कर्णको नाम मधेसी क्लष्टरमा समावेश छ।
  • कर्णले कांग्रेसमा युवाको मूल्यांकन नहुने भन्दै फरक बाटोमा लाग्ने निर्णय गरेको बताए।

१५ पुस, काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेका खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी ((रास्वपा)को समानुपातिक सूचीको उम्मेदवार बनेका छन् । रास्वपाले निर्वाचन आयोगमा पेश गरेको ११० जनाको सूचीमा कर्णको नाम मधेसी क्लष्टरमा पुरुषतर्फ दोस्रो स्थानमा छ । काठमाडौंका मेयर बालेन शाह पक्षबाट कर्ण उम्मेदवारमा परेका हुन् ।

पेशाले इञ्जिनियर कर्णले कांग्रेसको भ्रातृ संस्था नेविसंघको ११ औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार भएका थिए । कांग्रेसभित्र युवाको उचित मूल्यांकन नभएको हुँदा उक्त दल त्यागेको कर्णले अनलाइनखबरसँग बताए । उनले भने,‘युवाको मूल्यांकन कांग्रेसमा हुँदैन । पैसावाला बोलवाला हुन्छन् । कांग्रेसमा नबस्ने निर्णय गरेर फरक बाटोमा लागें ।’ कर्ण सप्तरी–१ का हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?