+
+
Shares

त्रिवि सेवा आयोगमा तालाबन्दी, कम्प्युटर विज्ञान पदको परीक्षा स्थगित गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते २०:४१

१३ पुस, काठमाडौं । कम्प्युटर साइन्स अल्मुनाइ र विद्यार्थी एसोसियन कम्प्युटर साइन्सले त्रिवि सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा तालाबन्दी गरेको छ ।

आगामी पुस १५ गते हुन् गइरहेको कम्प्युटर विज्ञान पदको प्रथम पत्रको परिक्षा स्थगित गर्नुपर्ने माग राखेर तालाबन्दी गरिएको हो ।

उमेदवारी दरखास्त स्वीकृत भएका सम्पूर्ण उमेद्वारहरुको शैक्षिक योग्यता विषय समितिको निर्णयअनुसार जाँच गरी अन्तिम उमेद्वार नामावली प्रकाशन गरिनुपर्ने र त्यसपश्चात मात्र परीक्षा को मिति तय गरिनुपर्ने माग उनीहरूको छ ।

‘सेवा आयोगद्वारा कम्प्युटर विज्ञान पदका लागि प्रकाशित हालको विज्ञापन नं. ११८५/२०८१–८२ अन्तर्गत, यसअघि नै अयोग्य ठहर भई नामावलीबाट हटाइएका तथा विषय र योग्यता नमिल्ने उम्मेदवारहरूलाई पुनः योग्य घोषित गरी थप नामावलीमार्फत सार्वजनिक गरिएको विषयप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?