+
+
Shares

विराटनगरका दुई कार्यालयबाट ३० जना बिचौलिया पक्राउ, विरोधमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १८:३९

८ पुस, विराटनगर । सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट ३० जनालाई पक्राउ गरेको छ । बिचौलियाको अरोपमा दुई कार्यालयमा काम गर्ने लेखापढी व्यवसायी पक्राउ परेका हुन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘कर्मचारीलाई मिलाउनुपर्छ’ भन्दै सेवाग्राहीसँग पैसा लिएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।

‘जिल्ला प्रशासनमा आउने सेवाग्राहीलाई काम गर्न भित्र कर्मचारीलाई पैसा बुझाउनु पर्छ भन्दै पैसा मागेको गुनासो आयो, मालपोत कार्यालय भित्र प्रवेश गरेर ढड्डा हेर्ने, कार्यालय परिसरमै टेवलकुर्सी राखेर बसेको देखियो,’ उनले भने, ‘सेवाग्राहीलाई अनावश्यक दु:ख दिएपछि बिचौलियालाई पक्राउ गरेका छौं ।’

उनका अनुसार मंगलबार दिउँसो जिल्ला प्रशासनबाट १० र मालपोत कार्यालयबाट २० जनालाई पक्राउ गरेको हो ।

सादा पोशाकमा पुगेका प्रहरीले बिचौलियाको आरोपमा ३० जनालाई प्रहरीले पक्राउ गरेपछि नेपाल लेखापढी कानुन व्यावसायी एशोसिएशनले मालपोत कार्यालय विराटनगरमा तालाबन्दी गरेको थियो ।

मंगलबार दिउँसो पक्राउ परेकाहरूलाई रिहाईको माग गर्दै मालपोत कार्यालयमा तालाबन्दी गरेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएन विराटनगर इकाईले केही घण्टापछि तालाबन्दी खोलेको थियो । तालाबन्दीका कारण मंगलबार दिउँसो मालपोत कार्यालयको सेवा भने अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले पक्राउ परेकामाथि सोधपुछ भइरहेको जानकारी दिइन् ।

‘अपराधिक गतिविधि गरेको सूचना आएपछि हामीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं,’ उनले भनिन्,‘ स्कृनिङ भइरहेको छ, मुद्दा चल्ने नचल्ने निर्णय हुन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?