+
+
Shares

अर्जुननरसिंह केसीको दाबी– विशेष महाधिवेशन नभएको भए योभन्दा कमजोर हुन्थ्यौं

‘विशेष महाधिवेशनले आम कार्यकर्ताको बीचमा उत्साहका साथ जाने वातावरण बन्यो । त्यसैले दोस्रो भयौँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १५:४७

६ चैत, काठमाडौं ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विशेष महाधिवेशन नगरेर चुनावमा गएको भए कांग्रेसको अवस्था अहिलेको भन्दा कमजोर हुने दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै केसीले विशेष महाधिवेशन गरेर गएकै कारण कांग्रेस दोस्रो भएको दाबी गरेका हुन् ।

‘विशेष अधिवेशनले नयाँ नेतृत्व, नयाँ नीति र नयाँ दृष्टिकोण नदिएको, परिवर्तित समय र जेनजी आन्दोलन सम्बोधन नगरेर गएको भए परिणाम अहिले भन्दा झन कमजोर हुन्थ्यो,’ केसीले भने, ‘विशेष महाधिवेशनले आम कार्यकर्ताको बीचमा उत्साहका साथ जाने वातावरण बन्यो । त्यसैले दोस्रो भयौँ ।’

कसैले दोष दिने काम गर्ने भन्दा सबै कांग्रेस मिलेर मिलाएर जानुपर्ने उनले बताए । त्यो वातावरण केन्द्रीय समितिले मिलाउनुपर्ने उनको सुझाव छ ।

अर्को प्रसंगमा उनले आफू संसदीय दलको नृता हुँदा वा नहुँदा पनि पार्टी र देशको हितमा बोलिराख्ने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?