+
+
Shares

अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त : न्यायाधीश थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको बताइन्।
  • उनले नेपाल बारको कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनमा कार्यपत्रहरूमा घनीभूत छलफल गर्न आग्रह गरिन्।
  • न्यायाधीश थापाले समानुपातिक समावेशिताको सिद्धान्त संविधानले आत्मसात गरेको र व्यवहारमा लागू भइरहेको उल्लेख गरिन्।

६ चैत, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको टिप्पणी गरेकी छिन् ।

शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्ययन र अनुशासन बिना कानून पेशामा टिक्न नसकिने बताइन् ।

न्यायाधीश थापाका अनुसार सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासन हुन् ।

‘मैले एउटा मूल मन्त्रको रूपमा यहाँहरूलाई पूर्वशर्त के चाहीँ आग्रह गर्न चाहन्छु भने केही पूर्वशर्तहरू रहन्छन् । व्यक्तित्व विकासको लागि । त्यो हो अध्ययन, दक्षता, क्षमता, निष्ठा, इमानदारिता र अनुशासन यी पूर्वशर्त हुन्,’ उनले भनिन् ।

न्यायाधीश थापाले सम्मेलनमा उपस्थित सहभागीहरूलाई केवल औपचारिकताका लागि मात्र नभई कार्यपत्रहरूमा घनीभूत छलफल गर्न र सशक्त घोषणापत्र तयार गर्न आग्रह पनि गरिन् ।

उनले औपचारिक कार्यक्रमहरूमा धैर्यता र अनुशासन पालना गर्नु कानून व्यवसायीको पहिलो पहिचान भएको बताइन् ।

नेपालको संविधानले आत्मसात गरेको समानुपातिक समावेशिताको सिद्धान्त व्यवहारमा लागू भइरहेको उनको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?