News Summary
Generated by OK AI. Editorially reviewed.- टेलिभिजन सिरिजका चर्चित कलाकारहरूसहित नयाँ श्रृंखला 'विजोग रमाइलो' बन्ने भएको छ।
- श्रृंखलाको छायांकन काभ्रेको पनौती आसपास आगामी सोमबारदेखि सुरु हुँदैछ।
- कमेडी जनरामा बन्ने श्रृंखलामा सामाजिक कथावस्तु समेटिने कलाकार कमलमणीले जनाए।
काठमाडौं । टेलिभिजन सिरिजका चर्चित नामलाई समेटेर नयाँ श्रृंखला ‘विजोग रमाइलो’ बन्ने भएको छ । हरिश निरौला ‘कक्रोच’, सागर लम्साल ‘बले’, कमलमणी नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’ ले समेत यसमा अभिनय गर्दैछन् ।
कक्रोचले निर्देशन गर्ने श्रृंखलाको छायांकन काभ्रेको पनौती आसपासमा आगामी सोमबारदेखि सुरु हुँदैछ । ‘सक्किगो नि’ श्रृंखलाका चर्चित कलाकार यसमा अधिकांश छन् । कुमार कट्टेल ‘जिग्री ब्रो’ र अर्जुन घिमिरे ‘पाँडे’ भने देखिनेछैनन् ।
कक्रोजले सामाजिक सञ्जालबाट शुक्रबार नयाँ श्रृंखलाको घोषणा गरेका छन् । श्रृंखलाको नाम र कलाकारबारे बताइएपनि विस्तृत बताइएको छैन । टेलिभिजन र डिजिटल प्लाटफर्मबारे खुलाइएको छैन ।
श्रृंखलामा बबिन राई गल्फने, सुबोध गौतम यधुमे, गोविन्द कोइराला जयन्ते, सुरक्षा इटनी सुरु, भावना आचार्य लुरी, अशोक धिताल बाहुन डन, गजित विष्ट जेठान, रामभजन कामतको पनि अभिनय हुनेछ ।
कमेडी जनरामा बन्ने श्रृंखलामा समसामयिक सामाजिक कथावस्तु समेटिने कलाकार कमलमणीले जनाए । सुरुमा दुई एपिसोड छायांकनको तयारी छ । टिभी र डिजिटल प्लाटफर्म निश्चित हुने वित्तिकै प्रसारण मिति तय हुने उनले बताए ।
प्रतिक्रिया 4