अमेरिकी सेनाको सेन्ट्रल कमान्ड(सेन्टकम) ले स्ट्रेट अफ होर्मुजमा इरानले जहाजहरूलाई धम्की दिने क्षमता कमजोर पारेको दाबी गरेको छ । अमेरिकाको पछिल्लो आक्रमणपछि होर्मुज क्षेत्रमा प्रयोग हुने शक्ति कमजोर पारेको सेन्टकमको दाबी छ ।
सेन्टकमका कमान्डर ब्राड कुपरले सामाजिक सञ्जाल एक्समा भिडिओ सन्देश सार्वजनिक गरेर यसै हप्ता गरिएको आक्रमणमा इरानका क्रुज मिसाइल र अन्य हतियार भण्डारण गर्ने भूमिगत संरचना नष्ट पारेको बताएका छन् ।
उनका अनुसार उक्त आक्रमणमा हतियार भण्डारणस्थल मात्र नभई जहाजहरूको आवागमन निगरानी गर्न प्रयोग हुने गुप्तचर सहयोगी केन्द्रहरू तथा मिसाइल रडार प्रणालीसमेत ध्वस्त पारिएको छ ।
‘जसको परिणामस्वरूप होर्मुज वरपर जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा पुर्याउने इरानको क्षमता कमजोर भएको छ,’ कुपरले भनेका छन्, ‘र, हामी यस्ता टार्गेटहरूलाई निरन्तर निशाना बनाउँदै जानेछौँ ।’
भिडिओ सन्देशमै कुपरले हालसम्म अमेरिकाले ८ हजार भन्दा बढी ,००० इरानी सैन्य ठिकानाहरूमा आक्रमण गरिसकेको बताउँदै जसमा १३० वटा इरानी समुद्री जहाज पनि परेको बताएका छन् । –बीबीसीबाट
प्रतिक्रिया 4