+
+
Shares

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते ७:०४
स्ट्रेट अफ होर्मुजको बाटो हुँदै इन्धन बोकेर भारततर्फ आउँदै गर्दा आक्रमणमा परेको थाई कम्पनीको जहाज ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त अरब इमिरेट्ससहित २२ देशले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको कडा निन्दा गरेका छन्।
  • संयुक्त वक्तव्यमा इरानले स्ट्रेट अफ होर्मुजलाई लगभग बन्द जस्तै गरेको र निहत्था जहाजमाथि आक्रमण गरेको उल्लेख छ।
  • ती देशहरूले सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक पहलमा योगदान दिन तयार रहेको बताएका छन्।

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा गरेका छन् ।

संयुक्त वक्तव्यमा यूएईसँगै बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्यूजिल्याण्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया, एस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणतन्त्र, रोमानिया, बहराइन, लिथुआनिया र अष्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन् ।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘हामी इरानद्वारा हालै गरिएका आक्रमणहरूको कडा निन्दा गर्छौं । यी आक्रमणहरू निहत्था व्यापारिक जहाजमाथि लक्षित थिए । साथै तेल र ग्यास पूर्वाधारजस्ता नागरिक संरचनामाथि पनि आक्रमण गरिएको छ । इरानी सेनाले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)लाई लगभग बन्द जस्तै गरेको छ ।’

त्यसैगरी, समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघीय समुद्री कानुनको स्मरण समेत गराइएको छ । इरानका यस्ता गतिविधिले विश्वभरका नागरिकलाई असर पार्ने, विशेषगरी कमजोर अवस्थाका समुदाय थप प्रभावित हुने चेतावनी वक्तव्यमा दिइएको छ ।

ती देशहरूले सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक पहलमा योगदान दिन तयार रहेको जनाएका छन् । साथै, यस दिशामा योजना बनाइरहेका अन्य देशहरूको प्रयासलाई स्वागत गर्ने पनि बताएका छन् ।

अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमाथि गरेको संयुक्त आक्रमणमा  सर्वोच्च नेता अलि खामेनी लगायतका नेताहरुको मृत्यु भएपछि इरानले पेट्रोलियम पदार्थ ढुवानी हुने समुद्री मार्ग स्ट्रेट अफ होर्मुज आंशिक रुपमा मात्र खोलेको छ । कतिपय जहाजमाथि जलमार्गमै आक्रमण भएपछि सुरक्षाको कारण देखाउँदै निर्वाध ढुवानी हुन सकेको छैन । त्यसैले विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान नियन्त्रित स्ट्रेट अफ होर्मुजको सुरक्षाका लागि विभिन्न देशलाई युद्धपोत तैनाथ गर्न आग्रह गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?