News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले युद्धविराम नचाहेको बताएको छ।
- अरागचीले भने, \'इरान युद्धविराम चाहँदैन, बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्त्य चाहन्छ\'।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने सोचमा आफू रहेको ट्रुथ सोशलमा पोस्ट गरेका छन्।
७ चैत, काठमाडौं । इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ ।
विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् ।
अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’
युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने भन्दै उनले इरानमाथि संघर्ष थोपारिएको पनि जिकिर गरेका छन् ।
युद्ध रोकिने प्रस्ताव सुन्न र प्रस्तावमाथि विचार गर्नका लागि आफूहरू तयार रहेको आरागाचीको भनाइ छ ।
‘केही मुलुकहरू मध्यपूर्वमा जारी संघर्षको समाधान खोजिरहेका छन्,’ उनले भने, ‘तर, लाग्दैन कि अमेरिका आफ्नो आक्रामकता रोक्नका लागि तयार छ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने सोचमा आफू रहेको बताएका थिए । ट्रुथ सोशलमा पोस्ट गर्दै उनले भनेका थिए, ‘हामी लक्ष्य हासिलको अत्यन्तै नजिक छौं ।’
प्रतिक्रिया 4