+
+
Shares

लागुऔषधसहित एक भारतीयसहित पाँच जना पक्राउ

दुई फरक घटनामा पाँचजना पक्राउ गरेको ब्युरोले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १५:०५

७ चैत, काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । दुई फरक घटनामा पाँचजना पक्राउ गरेको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार पहिलो घटनामा काठमाडौंमा विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई समेत लागु औषध बिक्री गरिरहेको सूचनाका आधारमा ललितपुरबाट एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्ने मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङ छन् । उनीसँग २ केजी ३०० ग्राम चरेस र डिजिटल तराजु बरामत भएको ब्युरोले जनाएको छ ।

यस्तै अर्को घटनामा भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर विक्री गर्दैआएको सूचनाका आधारमा खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ कारखाना चोकबाट तीन जना पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी–५का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रे तेमाल-८ का ३० वर्षीय सागर तामाङ छन् । उनीहरूसँग ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन र डिजटल तराजु बरामत भएको प्रहरीले जनाएको छ ।

यस्तै यही घटनाको थप अनुसन्धान गर्दैजाँदा उनीहरूलाई भारतको बिहारबाट खैरो हेरोइन ल्याएर दिने बिहार अररिया फारबिसगन्जका २५ वर्षीय विपुल बर्मालाई पनि ब्युरोले पक्राउ गरेको छ । उनीसँग १०० ग्राम खैरो हेरोइन फेला परेको ब्युरोले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?