+
+
Shares

अमेरिकामा रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निष्कासन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ।
  • अमेरिकी ऊर्जा मन्त्रालयले पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल निष्कासन गर्ने प्रक्रिया सुरु गरिसकेको छ र आपूर्ति गत शुक्रबारदेखि सुरु भएको हो।
  • ऊर्जा मन्त्रालयले तेल प्राप्त गर्ने कम्पनीहरूले पछि कूल ५ करोड ५० लाख ब्यारेल तेल फिर्ता गरेर भण्डार भर्ने अपेक्षा गरेको छ।

एजेन्सी । संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ ।

अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो ।

विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड २५ लाख ब्यारेल तेल निष्कासन गर्ने पहिलो चरणको प्रक्रिया सुरु गरिसकेको छ ।

यसको आपूर्ति गत शुक्रबारदेखि सुरु भएको हो ।

ऊर्जा मन्त्रालयले पहिलो चरणमा रणनीतिक भण्डारबाट तेल प्राप्त गर्ने कम्पनीहरूले पछि कूल ५ करोड ५० लाख ब्यारेल तेल फिर्ता गरेर भण्डार भर्ने अपेक्षा गरेको छ ।

यसअघि मार्च १२ मा ऊर्जा मन्त्रालयले अमेरिकी प्रशासनले १२० दिनको अवधिमा राष्ट्रिय रणनीतिक भण्डारबाट कूल १७ करोड २० लाख ब्यारेल तेल निष्कासन गर्ने घोषणा गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?