+
+
Shares

धम्की दिने ट्रम्पलाई स्पेनका प्रधानमन्त्रीले फर्काए जवाफ

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानमा भइरहेको बमबारीको विरोध गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको व्यापारिक सम्बन्ध तोड्ने धम्कीप्रति कडा जवाफ दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १५:१०

२० फागुन , काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानमा भइरहेको बमबारीको विरोध गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको व्यापारिक सम्बन्ध तोड्ने धम्कीप्रति कडा जवाफ दिएका छन् ।

बुधबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै सान्चेजले आफ्नो सरकारको अडानलाई ‘ नो टू वार’ भन्ने शब्दमा संक्षेपमा प्रस्तुत गरे ।

उनले सन् २००३ को इराक आक्रमणका गल्तीहरू नदोहोर्‍याउन आग्रह गर्दै उक्त युद्धले कुनै पनि लक्ष्य हासिल नगरेको, बरु असुरक्षा र जनताको जीवन कष्टकर बनाएको स्मरण गराए।

प्रधानमन्त्री सान्चेजले इरानमाथिको आक्रमणले विश्वभरका करोडौँ सर्वसाधारणको जीवनमा गम्भीर आर्थिक असर पार्ने बताएका छन् ।

हिजो राष्ट्रपति ट्रम्पले स्पेनलाई एउटा ‘भयानक’ देशको संज्ञा दिँदै व्यापारिक सम्बन्ध विच्छेद गर्ने धम्की दिएका थिए ।

सान्चेजले इरानमा आक्रमण गर्नका लागि अमेरिकालाई स्पेनमा रहेका सैन्य आधार शिविरहरू प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि तनाब बढेको हो ।

स्पेनले यस सैन्य हस्तक्षेपलाई ‘अन्यायपूर्ण र खतरनाक’ भन्दै कडा आलोचना गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?