News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा प्रकाश धामी भिरबाट लडेर घाइते भएका थिए।
- उनी सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएका छन्।
- जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले मृत्युको जानकारी दिएका छन्।
२९ फागुन, दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।
भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।
बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भिरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4