News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि देशभर ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए।
- निर्वाचनमा नेपाली सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ५९७, सशस्त्र प्रहरी ३४ हजार ५७६ र निर्वाचन प्रहरी १ लाख ३० हजार ९८० परिचालित थिए।
- काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट निर्वाचन प्रहरीहरूलाई टिका र खादा लगाएर बिदाइ गरिएको छ।
२८ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ ।
बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट काठमाडौंमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो । उनीहरूलाई टिका र खादा लगाएर प्रहरी अधिकारीहरूले बिदाइ गरेका हुन् ।
२१ फागुनमा सम्पन्न भएको निर्वाचनका लागि देशभर ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।
जसमध्ये ३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन भएका थिए । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालित भएका थिए ।
निर्वाचनमा नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन भएका थिए भने ७५ हजार ५९७ जना नेपाल प्रहरी परिचालित भएका थिए ।
प्रहरीमातहत नै रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन थिए ।
त्यस्तै १ हजार ९२१ गुप्तचर पनि निर्वाचनमा परिचालित थिए ।
चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी समेत गरेर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी निर्वाचनमा खटिएका थिए ।
तस्वीरहरू :













प्रतिक्रिया 4