२८ फागुन, रोल्पा । रोल्पामा निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका एक हजार १२४ जना निर्वाचन प्रहरीलाई बिहीबार सम्मानपूर्वक बिदाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक(डीएसपी)वीरेन्द्रवीर विश्वकर्माले ४० दिन निर्वाचन सुरक्षामा योगदान दिएका निर्वाचन प्रहरीलाई प्रमाणपत्र र अबिरमालासहित बिदाइ गरेको जानकारी दिए ।
उता सशस्त्र प्रहरी कार्यालय रोल्पाले पनि निर्वाचन प्रहरीलाई बिदाइ गरेको जनाएको छ । सशस्त्र प्रहरीले रोल्पामा ९६ जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
रोल्पामा नेपाल प्रहरीतर्फ एक हजार २८ र सशस्त्र प्रहरीतर्फ ९६ जना भर्ती गरिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4