+
+
Shares

निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दुर्घटनामा मृत्यु

दमन राई दमन राई
२०८२ चैत ११ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङका २५ वर्षीय तिलक परियार हैदरावादमा गाडीको ठक्करबाट गम्भीर घाइते भएर चैत ११ गते मृत्यु भएका छन्।
  • तिलक परियार होटलमा काम गर्न साथीहरूसँगै चैत २ गते हैदरावादतर्फ गएका थिए र चैत ६ गते दुर्घटना भएका थिए।
  • उनको शवको दाहसंस्कारका लागि ६० हजार भारु लाग्ने र आफन्तले आर्थिक सहयोगको आग्रह गरिरहेका छन्।

११ चैत, खोटाङ । रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् । होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो । पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए ।

होटलमा काम गर्ने भन्दै तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारको साथमा चैत २ गते हैदरावादतर्फ हिंडेका थिए । चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिए ।

विपन्न आर्थिक अवस्थाका तिलक र सन्तोष निर्वाचन प्रहरीको रुपमा काम गरेर फर्किएपछि हैदरावादतर्फ गएका थिए । तिलक घरका दुई छोरामध्ये कान्छो छोरा हुन् । उनीहरूका पाँच जना दिदीबहिनी छन् । श्रीमतीसँग अलग्गिएर बसिरहेका उनका पाँच वर्षका छोरा छन् ।

हैदरावादतर्फ हिंडेकै दिन तिलकको घर हावाहुरीले क्षतिग्रस्त बनाइदिएको छ । उनीहरू रोजगारी दिलाउने भन्दै भारत लैजाने ठेकेदार पछ्याउँदै हैदरावाद पुगेका थिए । खोटेहाङ गाउँपालिकाबाट दर्जनौं युवा रोजगारी खोज्दै हैदरावादमा जानेआउने गरेका छन् ।

हाल अस्पतालमा रहेको तिलकको शवलाई बुझेर दाहसंस्कार गर्न कठिन भइरहेको आफन्तले बताएका छन् । पोष्टमार्टम गर्न र प्रहरीमार्फत कागजात तयार पार्न ६० हजार भारु लाग्ने भनिएकाले पैसा पठाइदिन आग्रह आइरहेको बस्नेतले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?