+
+
Shares

गुल्मीमा टिपरको ठक्करबाट एक वृद्धा घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा टिप्परले ठक्कर दिएर ९२ वर्षीया धनी बुढाथोकी गम्भीर घाइते भएकी छन्।
  • घटना तम्घास–रिडी सडक खण्डमा भएको र घाइतेलाई मिसन अस्पताल पाल्पा पठाइएको छ।
  • चालक र टिप्पर प्रहरी नियन्त्रणमा छन् र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

११ चैत, गुल्मी । गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् ।

रेसुङ्गा नगरपालिका –१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिपरले पैदल हिँडिरहेकी धनी बुढाथोकीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

घाइतेको तत्काल उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ।

चालक र टिपर प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?