+
+
Shares

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परेर ३६ वर्षीया शिला देवी साहको मृत्यु भएको छ।
  • पर्साको वीरगञ्ज महानगरपालिका–१७ मा ट्रकले मोटरसाइकल ठक्कर दिँदा ३० वर्षीय ईतियाज अंसारीको मृत्यु भएको छ।
  • मकवानपुरको बकैया गाउँपालिका–११ मा ट्रक दुर्घटनामा परेर २० वर्षीय सन्तोष यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

११ चैत, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएका दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । धनुषा, पर्सा र मकवानपुरमा भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

धनुषाको औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडकमा देउरीबाट तारापट्टीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००९ प ०८१८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार मिथिला बिहारी नगरपालिका–७ तारापट्टी बस्ने ३६ वर्षीया शिला देवी साहको मंगलबार राति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित सडकमा जेएच २ बिक्यू ६९१९ नम्बरको ट्रकमा बीआर २२ एजेड ३११८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–१७ बस्ने ३० वर्षीय ईतियाज अंसारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता, मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ ख ८७६० नम्बरको ट्रक अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ  ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्रक चालकलाई थप उपचारको लागि चितवन तर्फ पठाइएको छ ।

तीनवटै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?