+
+
Shares

फ्लोरा एक्स्पोले तान्दै दर्शककाे मन (तस्वीरहरू)

भोलिसम्म चल्ने एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १८:२१

७ चैत, काठमाडौं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको २७ औँ फ्लोरा एक्स्पोमा दर्शकको घुइँचो लाग्न थालेको छ । मेलामा दैनिक दर्शक र कारोबार बढीरहेको आयोजकले जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)को आयोजनामा चैत ५ गते (बिहीबार) देखि सुरु भएको मेलामा पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए । जसमा २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए ।

यस्तै दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले अवलोकन गर्दा २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकामा तेस्रो दिन शनिबार (आज) २१ हजार ५०० दर्शकले अवलोकन गरेका छन् । जसमा ३९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको कोषाध्यक्ष बजगाईँले बताए ।

एक्स्पोमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्यान्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित १ गरी कुल ८३ वटा स्टल रहेका छन् ।

भोलिसम्म चल्ने एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?