+
+
Shares

गगनको राजीनामाबारे केसी- बदल्छु भनेर हिंडेको क्याप्टेनले बीचमै छाड्न मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा नेतृत्वको परीक्षण गर्नु गलत भएको बताए।
  • केसीले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको र ५० दिनमा विकृति समाधान नहुने उल्लेख गरे।
  • उनले पार्टी कार्यकर्तालाई हारबाट नआत्तिन आग्रह गर्दै थापाको नेतृत्व आवश्यक रहेको बताए।

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको टिप्पणी गरे ।

पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी उनको थियो । निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत उनको थियो ।

‘५० दिनको अवधीमा विगत वर्षौंदेखि थुप्रिएका विकृति र विसंगती तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ ? म त गगनजीले राजीनामा गर्नु नै बेठिक भन्ने मान्छे हो,’ केसीले भने, ‘अहिले केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने भएकोले यसमा व्यक्तिगत टिप्पणी नगरौं । एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बीचमा छोडेर जान मिल्देन ।’

पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने भन्दै पार्टीलाई थापाको आवश्यकता रहेको उनको भनाइ छ ।

‘कुनैपनि नेपाली कांग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन । यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथिहरू छन् । उहाँहरूलाई हाम्रो सम्पूर्ण रुपबाट शुभेच्छा छ । स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस्,’ उनले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?