News Summary
Generated by OK AI. Editorially reviewed.- आठौं संस्करणको इन्टरटेनमेन्ट टेबलटेलिस टूर्नामेन्ट ६ चैत शनिबार ललितपुर नख्खु बुल्स हेल्थ क्लबमा बिहान ९ बजेदेखि हुने भएको छ।
- प्रतियोगितामा महिला र पुरुष गरी ९६ खेलाडी सहभागी हुने ईटीटीका अध्यक्ष सुमन खड्गीले जानकारी दिनुभयो।
- प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेस्रो हुने खेलाडीलाई मोबाइल उपहार दिइने आयोजकले जनाएको छ।
६ चैत, काठमाडौं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबलटेलिस टूर्नामेन्ट’ शनिबार हुने भएको छ । ‘इन्टरटेनमेन्ट टेबलटेलिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुमा रहेको बुल्स हेल्थ क्लबमा बिहान ९ बजेदेखि प्रतियोगिता हुन लागेको हो ।
‘टेबलटेनिस राष्ट्रको लागि स्वास्थ्यको लागि’ भन्ने नारासहित हुने प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडीहरुको सहभागिता रहने ईटीटीका अध्यक्ष एवम् अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले जानकारी दिए ।
प्रतियोगिताका लागि दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ भने राष्ट्रिय खेलाडी र १६ वर्षमुनिका खेलाडीलाई प्रवेश शुल्क नलाग्ने आयोजकका सुनिल शाक्यले बताए ।
हरेक खेलाडीलाई एउटा ‘स्ट्याग’को टीसर्ट पनि दिइने छ । प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेस्रो हुने खेलाडीलाई एउटा मोबाइल उपहार रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4