News Summary
Generated by OK AI. Editorially reviewed.- टाइम्स इन्टरनेसनलले हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा प्लेबक्स एरेनालाई ८५-७३ ले पराजित गरी चौथो जित हात पारेको छ।
- आर्मीले रोएललाई १०३-७५ ले पराजित गरी पाँच खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।
- एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।
५ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स इन्टरनेसनल क्लबले चौथो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार भएको खेलमा टाइम्सले प्लेबक्स एरेनालाई ८५–७३ ले पराजित गरेको हो ।
टाइम्सले पहिलो क्वाटरमा २६-१६ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर १६-१५ ले आप्नो पक्षमा पारेको टाइम्सले हाफटाइमसम्म ४२-३१ ले अघि रह्यो ।
टाइम्सले तेस्रो क्वाटर २३-१७ ले आफ्नो पक्षमा पार्यो । चौथो क्वाटर प्लेब्सकले २५-२० ले आफ्नो पक्षमा पारेपनि टाइम्सलाई जितबाट रोक्न सकेन ।
टाइम्सका कमल थापा प्लेअर अफ दि म्याच घोषित भए ।
टाइम्सले पाँच खेलमा चौथो जितपछि ९ अंक जोडेको छ । शीर्ष स्थानको आर्मी समान अंक जोडेपनि टाइम्स अंक अन्तरका कारण दोस्रोमा छ ।
बुधबार राति सम्पन्न खेलमा आर्मीले रोएललाई १०३–७५ ले पराजित गरेको छ ।
लिगमा आर्मीले पाँच खेल खेल्दा यो चौथो जित हो । ९ अंक जोडेको आर्मी स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ । रोएलको यो चौथो हार हो । रोएलले ५ खेलबाट ६ अंक जोडेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कुल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्लेअफअन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4