+
+
Shares

विश्व आरोग्य दिवस घोषणापछि होटल व्यवसायी उत्साहित

यसबाट नेपाल आउने पर्यटक संख्या वृद्धि हुने, पर्यटकको औसत बसाइ लम्बिने र पर्यटकको दैनिक खर्चसमेत बढ्ने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्र संघ महासभाले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताव पारित गरेको छ।
  • होटल एसोसिएसन नेपालले यस निर्णयले आरोग्य पर्यटन प्रवर्द्धनमा गति ल्याउने आशा व्यक्त गरेको छ।
  • हानले नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउने उद्देश्यले रणनीतिक अवधारणापत्र तयार गर्ने कार्यमा सहकार्य गरिरहेको छ।

२८ फागुन, काठमाडौं । नेपालले प्रस्ताव गरे अनुसार संयुक्त राष्ट्र संघ महासभाले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताव पारित गरेसँगै होटल व्यवसायी उत्साहित भएका छन् ।

यसले देशमा आरोग्य पर्यटन प्रवर्द्धनले थप गति लिने होटल एसोसिएसन नेपाल (हान) को आशा छ । यस निर्णयले विश्वव्यापी रूपमा नेपाललाई आरोग्य पर्यटनको महत्त्वपूर्ण हिस्साका रूपमा प्रवर्द्धन गर्न सकिने र यसबाट वर्तमान नेपाली पर्यटन परिदृश्यको गुणात्मक सुधार हुने अपेक्षा गरिएको हानको भनाइ छ ।

यसबाट नेपाल आउने पर्यटक संख्या वृद्धि हुने, पर्यटकको औसत बसाइ लम्बिने र पर्यटकको दैनिक खर्चमा समेत वृद्धि भई मुलुकको अर्थतन्त्रमा समेत उल्लेख्य सुधार हुने विश्वास संघले लिएको छ ।

आरोग्य पर्यटन प्रस्तावक राष्ट्रको हैसियतमा विश्व पर्यटन बजारमा नेपाल प्रमुख स्रोत गन्तव्यका रूपमा स्थापित हुने भएकाले नवीन सोच, प्रभावकारी कार्यक्रम र परिणाममुखी व्यवस्थापन मार्फत नेपाललाई आरोग्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न हाल भइरहेको गतिविधि अझ व्यापक र प्रभावकारी ढंगमा गर्न सम्बद्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सक्रिय हुने वातावरण बनेको हानले जनाएको छ ।

लामो समयदेखि आरोग्य पर्यटन क्षेत्रमा कार्य गरिरहेको हानले नेपाल सरकारको नेतृत्वमा आरोग्य पर्यटन सम्बन्धी रणनीतिक अवधारणापत्रको मस्यौदा तयारी गर्ने कार्यमा समेत सहकार्य साथ सुझाव प्रस्तुत गरी काम गर्दै आएको छ ।

यसै सन्दर्भमा प्रत्येक वर्ष अप्रिल १५ मा हानका तर्फबाट समेत अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा विशेष कार्यक्रम सहित आरोग्य पर्यटन दिवस मनाउँदै यसको निरन्तर विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुर्‍याइने जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?