+
+
Shares

प्रतिकूल मौसमले आधा दर्जन विमानस्थलमा सेवा प्रभावित

दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढीमा हवाई सेवा प्रभावित बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिकूल मौसमका कारण ११ पुस शुक्रबार अपराह्नसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढी विमानस्थलमा उडान/अवतरण सञ्चालनमा आउन सकेको छैन।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जारी छ भने तराईका अधिकांश विमानस्थलमा कम भिजिबिलिटीका कारण सेवा अबेर सुरु हुने गरेको छ।
  • यस कारण सयौँ यात्रु प्रभावित भएका छन्।

११ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार अपराह्नसम्म पनि ५ विमानस्थलमा उडान/अवतरण सञ्चालनमा आउन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढीमा हवाई सेवा प्रभावित बनेको छ ।

काठमाडौं विमानस्थलमा भने अवतरण जारी छ । कम भिजिबिलिटीका कारण अहिले तराईका अधिकांश विमानस्थलको सेवा अबेरमात्र सुरु हुने गरेको छ । यसबाट सयौँ यात्रु प्रभावित हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?