News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले भिजिट भिसामा विदेश जाँदा स्वघोषणा फारम भर्न आनाकानी नगर्न सचेत गराएको छ।
- विभागले स्वघोषणा फारम अग्रिम भरेर ल्याउन अनुरोध गर्दै वेबसाइटबाट फारम र क्यूआर कोड उपलब्ध गराएको छ।
- सरकारले ६ महिनाको वैद्य राहदानी, सम्बन्धित देशको भिसा र स्वघोषणापछि भिजिट भिसामा विदेश जान अनुमति दिएको छ।
१५ फागुन, काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाँदा कतिपय यात्रुले स्वघोषणा फारम भर्न आनाकानी गरेको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।
विभागले विज्ञप्ति जारी गरी कतिपय यात्रुले अध्यागमनमा उक्त फारम भर्न आनाकानी गर्ने, फारम भर्न नजान्ने र ढिलाइ हुने तथा खाली फारम लिएर डेस्कमा जाने गरेको देखिएको छ ।
यसबाट स्वयं यात्रु र अन्य यात्रुलाई समेत झन्झट भएको भन्दै अध्यागमनले स्वघोषणा फारम अग्रिम भरेर ल्याउन अनुरोध गरेको छ । अहिले अध्यागमले यस्तो फारम कार्यालय भित्रै भराउने गरेको छ ।
अब भने यात्रुले अध्यागमन विभाग गौचरणको वेबसाइटबाट स्वघोषणा फारम प्राप्त गर्ने भन्दै आफ्नो क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । जसबाट यात्रुले अगाडि नै फारम भरी विमानस्थल जान सक्ने छन् ।
सरकारले अहिले भिजिट भिसालाई सहज बनाएको छ । जस अनुसार ६ महिना म्याद भएको वैद्य राहदानी, यात्रा प्रयोजन खुलेको सम्बन्धित देशको भिसा र स्वघोषणापछि विदेश जान अनुमति दिइन्छ । घुम्न, भ्रमण वा पर्यटनको उद्देश्यले विदेश जाने यात्रुले यस्तो स्वघोषणा फारम भर्नुपर्छ ।
प्रतिक्रिया 4