News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्ध एयरले २ जनवरी २०२६ मा भद्रपुरमा दुर्घटनामा परेको जहाजबाट यात्रु उमेश मोक्तान तामाङलाई नगद १ लाखसहित सम्मान गरेको छ।
- तामाङले जहाजको अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रुलाई सुरक्षित बाहिर निकाल्न मद्दत गरेका थिए।
- कम्पनीले कठिन परिस्थितिमा देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै भद्रपुरमा उनलाई सम्मान गरेको जनाएको छ।
२९ पुस, काठमाडौं । बुद्ध एयरले दुई साताअघि झापा भद्रपुरमा दुर्घटनामा परेको जहाजमा ढोका खोल्न मद्दत गरेका यात्रु उमेश मोक्तान तामाङलाई नगद १ लाखसहित सम्मान गरेको छ ।
२ जनवरी २०२६ मा काठमाडौंबाट भद्रपुर गएको उडान नम्बर ९०१ को जहाज दुर्घटनामा परेको थियो । कठिन परिस्थितिमा तामाङले देखाएको सहयोगप्रति आभार व्यक्त गरिएको समेत कम्पनीले जनाएको छ ।
उनले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रुलाई सुरक्षित बाहिर निकाल्न सहयोग पुर्याएका थिए । महत्त्वपूर्ण भूमिकाको उच्च कदर गर्दै आज भद्रपुरमा उनलाई १ लाख नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4