२९ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्टीकरण दिएको छ ।
महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले नेताहरूले संस्थापन पक्षसँग वार्ता चलाइरहेको भए पनि त्यो भागबन्डाका लागि नभएको बताए ।
‘यो विशेष महाधिवेशन सतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन,’ उनले भने, ‘हामीले भागबन्डा गर्न पठाएका होइनौं । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’
कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको उनले बताए ।
उनले निर्वाचन कार्यतालिका आइसकेको भन्दै सभापति शेरबहादुर देउवालाईसमेत महाधिवेशनमा मनोनयन गर्न आग्रह गरे । पोखरेलले नेतृत्वसँग संवाद र प्रकृया पनि सँगसँगै हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4