२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएपछि भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी बनाइएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।
निर्वाचन कार्यक्रम आएपछि प्रहरीले महाधिवेशन प्रतिनिधिबाहेकका व्यक्तिलाई बाहिर जान भन्दै माइकिङ गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरुलाई हलभित्र पठाइएको छ । अन्य नेता कार्यकर्तालाई बन्दसत्र स्थलबाट टाढा पठाइएको छ ।
यसअघि प्रतिनिधिहरुले बन्दसत्र चलिरहेको हल बाहिर नयाँ नेतृत्व चयनको माग गर्दै प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4