+
+
Shares

भृकुटीमण्डपमा विशेष महाधिवेशन होइन, भेला भइरहेको छ : एनपी साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले भृकुटीमण्डपमा भइहेको विशेष महाधिवेशनलाई भेला भन्दै टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई भेला भनेका छन्।
  • साउदले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी निर्णय नमान्ने प्रश्न सोधेका छन्।
  • विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन दर्ता सुरु गरी मतदान प्रक्रिया भोलि सुरु हुने जानकारी दिएको छ।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले भृकुटीमण्डपमा भइहेको विशेष महाधिवेशनलाई भेला भन्दै टिप्पणी गरेका छन् । पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई भेला भनेका हुन् ।

उनले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको निर्णय नमानेको भन्दै प्रश्न पनि गरे । पार्टीको केन्द्रीय समितिको बैठकले नै नियमित महाधिवेशन पुसबाट वैशाखमा सार्ने निर्णय गरेको र उक्त निर्णय भएको बैठकमा महामन्त्रीहरू पनि सहभागी भएको उनको भनाइ छ ।

‘नियमित महाधिवेशन स्थगित भइसकेपछि हाँहरूले बोलाउनु भएको यो भेलाभन्दा अरु हुन सक्दैन’ उनले भने । यता विशेष महाधिवेशन निर्वाचन समितिले भने निर्वाचन तालिका सार्वजनिक गरी उम्मेदवार मनोनयनको कामसमेत सुरु गरिसकेको छ । आज साँझ साढे सात बजेसम्म मनोनयन दर्ता गरिने र भोलि बिहान मतदानलगायतको काम सुरु हुने निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?