+
+
Shares

पार्टी फुटाए गगन-विश्व निष्कासनमा पर्नुहुन्छ : श्यामकुमार घिमिरे

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति महामन्त्रीहरूले बेहोर्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूमिका खेल्नुपर्ने बताएका छन्।
  • घिमिरेले विभाजन हुँदा महामन्त्री र कांग्रेस दुवैलाई घाटा हुने र पार्टी फुटाएर फाइदा नहुने बताए।
  • उनले भने, 'पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन पाउनुहुन्न' र सहमतिमा आउने विश्वास व्यक्त गरे।

२९ पुस, काठमाडौं । नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै भूमिका खेल्नुपर्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति महामन्त्रीहरूले बेहोर्ने बताएका हुन् ।

‘विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि । पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन पाउनुहुन्न,’ उनले भने, ‘त्यसकारण मलाई विश्वास छ- उहाँहरू सहमतिमा आउनुहुन्छ ।’

उनले पार्टी विभाजन हुँदा महामन्त्री र कांग्रेस दुवैलाई घाटा हुने पनि बताए ।
‘पार्टी फुटाएर फाइदा छैन । कुनै न कुनै सम्झौतामा आउनुहुन्छ । पार्टी फुटाउने बाटोमा योग्य, पपुलर नेताहरू लाग्नुहुँदैन भन्ने विश्वास छ । उहाँहरू जत्तिको मान्छे नहुँदा कांग्रेसलाई पनि घाटा हुन्छ । तर यो भन्दा धेरै क्षति उहाँहरूले बेहोर्नुपर्छ ।’

सहमति नभए महामन्त्रीहरूलाई काबारही गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले अर्को पार्टी बनाउनु भयो भने निष्काशन गर्नै परेन आफैँ निष्काशन भइहाल्यो नि ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?