
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता नहुने बताएका छन्।
- घिमिरेले संख्या नपुग्ने कारणले होइन, आजै कुनै नयाँ प्रस्ताव दर्ता नहुने स्पष्ट पारेका छन्।
- कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरिरहेको र यो अभ्यास पुरानै भएको घिमिरेले बताए।
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता नहुने बताएका छन् ।
सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘आजै प्रस्ताव दर्ता नगर्नुको कारण संख्या नपुग्ने भएर हो’ भन्ने अनलाइनखबरको प्रश्नमा घिमिरेले जवाफ दिए, ‘संख्या नपुग्ने भन्ने छैन । दुई तिहाइ हामी जति खेर पनि पुर्याउन सक्छौं । तर, आजै कुनै पनि नयाँ प्रस्ताव दर्ता हुँदैन ।’
कांग्रेस र एमालेले हस्ताक्षर संकलन भने गरिएको बताएका छन् घिमिरेले सत्तारुढ दलको यो कदमलाई स्वभाविक भनेका छन् । ‘हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानै हो । पहिला पनि यो अभ्यास थियो । अहिले पनि हामीले त्यही अभ्यास गरेको हो,’ घिमिरेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4