+
+
Shares

अमेरिका भ्रमणमा छिन् उपसभामुख राना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख इन्दिरा राना साउन ३० गते अमेरिका व्यक्तिगत भ्रमणमा गएकी हुन् र भदौ १३ गते स्वदेश फर्कने कार्यक्रम छ।
  • नेपालमा उपसभामुख रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर संकलन सुरु गरेका छन्।
  • राना अमेरिका भ्रमणमा रहँदा उनको पदबाट हटाउने तयारी भइरहेको सचिवालयले जनाएको छ।

३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ ।

राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्न अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि  हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?