+
+
Shares

उपसभामुखलाई हटाउन हस्ताक्षर गरेर फर्किंदै सांसदहरू (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ ३ गते ११:४६

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सांसदहरूलाई हस्ताक्षर गराएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले-कांग्रेसले सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।

बिहानैदेखि सांसदहरू कार्यालयमा आएर धमाधम हस्ताक्षर गर्दै फर्किरहेका छन् । हस्ताक्षर दिउँसो दुई बजेसम्म चल्नेछ ।

रानाका विषयमा छलफल गर्न कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।

यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?