+
+
Shares

उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १४:०३
फाइल तस्वीर

३ भदौ, काठमाडौं । विपक्षी दलहरूको बैठक बोलाइएको छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

उपसभामुख हटाउनेगरी सत्तारुढ दलहरूको तयारीपछि विपक्षी दलहरू पनि छलफलमा जुट्न लागेका हुन् ।

‘उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर अभियान नै सुरु भइसकेपछि एकैछिन बसेको पदाधिकारी बैठक विपक्षी दलहरूसँग छलफल गर्नु उचित हुने राय दिएपछि बैठक आह्वान भएको हो,’ प्रचण्ड सचिवालयका सदस्य गोविन्द आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?