+
+
Shares

बालमन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै प्रहरीले लेख्यो पत्र

त्यसको प्रतिवेदनमा उल्लेखित बयानमा बाल संगठनको लामो समय नेतृत्व गरेकी रीता सिंह वैद्यले ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ भनेको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले इन्दिरा राना मगरको संस्थाले नेपाल बाल मन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै पत्राचार गरेको छ।
  • सत्ता गठबन्धनले उपसभामुखबाट रानालाई हटाउने तयारी गरिरहेको बेला बाल मन्दिरबाट लगिएका बालबालिका फिर्ता नआएको विषय उठेको थियो।
  • पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समितिले बाल संगठन र बालमन्दिरका अनियमितताबारे प्रतिवेदन तयार पारेको छ।

१० भदौ, काठमाडौं । उपसभामुख बन्नुअघि इन्दिरा राना मगरले सञ्चालन गरेको बन्दी सहायता नेपाललाई नेपाल बाल मन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै प्रहरीले पत्राचार गरेको छ ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले बन्दी सहायता विवरणलाई विवरण माग्दै पत्राचार गरेको ब्यूरोका एसपी नरेन्द्र कुवँरले पुष्टि गरे । ‘पत्र गएको हो, तर जवाफ आएको छ/छैन लगायतका विषयमा मलाई जानकारी छैन,’ उनले भने ।

सत्ता गठबन्धनले रानालाई उपसभामुखबाट हटाउने तयारी गरिरहेका बेला बाल मन्दिरबाट उनको संस्थाले लगेको बालबालिका फिर्ता नआएको विषय उठेको थियो । त्यसपछि प्रहरीले समेत चासो देखाएको थियो ।

यसअघि काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर रानामाथि प्रश्न उठेको थियो ।

२०७७ मा नेपाल बाल संगठनका पदाधिकारी नरेन्द्र डंगोल बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

त्यसको प्रतिवेदनमा उल्लेखित बयानमा बाल संगठनको लामो समय नेतृत्व गरेकी रीता सिंह वैद्यले ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ भनेको उल्लेख छ ।

समितिमा बालबालिकासम्बन्धी विज्ञतर्फबाट मिलन धरेल, विमला ज्ञवाली, गृहमन्त्रालयका सहसचिवस्तरीय प्रतिनिधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बालबालिका हेर्ने महाशाखा प्रमुख सदस्य सचिव थिए ।

उनले बयानमा भनेकी छन्:

‘बालगृहमा आश्रित बालबालिकालाई अन्य बाल गृहमा लैजाने विषयमा विशेषत: जेलको बच्चाहरूलाई सारेको भन्ने थाहा छ । इन्दिरा रानाको संस्थाले बालसंगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चाहरू दिनुस् म राख्नु भनेकोले ३ जना कि ५ जना बच्चाहरू पठाएको हो । मैले पनि उहाँको संस्थामा हेरेँ । राम्रो सुविधा रहेछ । अनि पठाएको हो । छात्रवृत्तिसहित खुशी घर संस्थालाई (एडप्सन रोकिएको बेला) हामीसँग पैसा नभएर गाह्रो भएका बेला बच्चाहरू पठाएको हो । मलाई पछि जानकारुी आयो । त्यहाँ राम्रो सुविधा थियो, विदेशीहरूको राम्रो सहयोग थियो । पछि मैले ल्याउँछौं पनि भनेको हो । बच्चाहरू नै आउन मानेनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?