+
+
Shares

उपसभामुख जोडिएको संस्थाले बालमन्दिरबाट लगेका बालबालिकाबारे अध्ययन गर्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले अनुसन्धान थालेको छ।
  • केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआईजी चन्द्रकुवेर खापुङले मानवबेचबिखन अनुसन्धान ब्यूरोले अध्ययन सुरु गरेको बताए।
  • २०७७ मा बाल संगठनका अधिकारीले अवैधरुपमा बच्चा दिएको आरोपपछि छानबिन समिति गठन भएको थियो।

८ भदौ, काठमाडौं । उपसभामुख बन्नुभन्दा पहिल्यै इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले समेत चासो देखाएको छ ।

सत्तारुढ दलले काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर उपसभामुख रानालाई हटाउने तयारी गरिरहेका बेला सार्वजनिक भएको विषयमा प्रहरीले चासो राखेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङले उपसभामुख मगरको संस्था जोडिएको विषयमा प्रश्न उठेपछि त्यसबारे बुझ्ने काम भएको बताए ।

‘सीआईबी मातहतको मानवबेचबिखन अनुसन्धान ब्यूरोले समेत यसबारे अध्ययन गर्न थालेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘प्रश्न उठिसकेपछि के रहेछ भनेर जान्नलाई समेत बुझ्ने काम भइरहेको हो ।’

मानवबेचबिखन अनुसन्धान ब्यूरोका एसपी नरेन्द्र कुवँरले पनि आफूहरूले प्रारम्भिक रुपमा बुझ्ने काम थालेको बताउँदै भने, ‘बच्चाहरू कहाँ छन् ? के भएको हो भन्ने विषयमा जानकारी संकलन गर्न थालिएको हो ।’

२०७७ मा नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

त्यसको प्रतिवेदनमा उल्लेखित बयानमा बाल बाल संगठनको लामो समय नेतृत्व गरेकी रीता सिंह वैद्यले ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ भनेको उल्लेख छ ।

समितिमा बालबालिकासम्बन्धी विज्ञतर्फबाट मिलन धरेल, विमला ज्ञवाली, गृहमन्त्रालयका सहसचिवस्तरीय प्रतिनिधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बालबालिका हेर्ने महाशाखा प्रमुख सदस्य सचिव थिए ।

उनले बयानमा भनेकी छन्:

‘बालगृहमा आश्रित बालबालिकालाई अन्य बाल गृहमा लैजाने विषयमा विशेषत: जेलको बच्चाहरूलाई सारेको भन्ने थाहा छ । इन्दिरा रानाको संस्थाले बालसंगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चाहरू दिनुस् म राख्नु भनेकोले ३ जना कि ५ जना बच्चाहरू पठाएको हो । मैले पनि उहाँको संस्थामा हेरेँ । राम्रो सुविधा रहेछ । अनि पठाएको हो । छात्रवृत्तिसहित खुशी घर संस्थालाई (एडप्सन रोकिएको बेला) हामीसँग पैसा नभएर गाह्रो भएका बेला बच्चाहरू पठाएको हो । मलाई पछि जानकारुी आयो । त्यहाँ राम्रो सुविधा थियो, विदेशीहरूको राम्रो सहयोग थियो । पछि मैले ल्याउँछौं पनि भनेको हो । बच्चाहरू नै आउन मानेनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?