
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ।
- रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले दुई ठूला दलले संख्याको बलमा गलत क्रियाकलाप गरे असंसदीय अभ्यास भएको र त्यसको प्रतिवाद हुने बताए।
- परियारले कांग्रेस र एमालेको पछिल्लो क्रियाकलाप विरुद्ध कसरी जाने भनेर रास्वपा आन्तरिक छलफलमा रहेको र थप छलफल गर्ने बताए।
३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ ।
रास्वपा नेताहरू अनौपचारिक रूपमै आन्तरिक छलफलमा रहेको नेताहरू बताउँछन् ।
अनलाइनखबरसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने ठूला दलले नसोच्नु नै सबैको हितमा हुने बताए ।
‘दुई ठूला दलले संख्याका नाममा गलत खालको क्रियाकलाप गरे, असंसदीय अभ्यास गरे भने त्यसको प्रतिवाद हुन्छ’ उनी भन्छन्, ‘यस्तो अभ्यासले प्रकारान्तरणमा लोकतन्त्रलाई कमजोर बनाउँछ ।’
कांग्रेस र एमालेले तयारी अगाडि बढाएसँगै रास्वपाका नेताहरू आन्तरिक छलफलमा समेत जुटेका छन् । प्रमुख सचेतक परियारले भने, ‘कांग्रेस र एमालेको यो पछिल्लो गलत क्रियाकलाप विरुद्ध कसरी जाने भनेर हामी आन्तरिक छलफलमा छौं, थप छलफल गर्छौं ।’
प्रतिक्रिया 4