+
+
Shares

सानेपामा केन्द्रीय सदस्य कुरेको कुर्‍यै, शीर्ष नेता छुट्टै छलफलमा

सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि डाकिएको भए पनि ४:२० बजेसम्म सुरु भएको छैन।
  • सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूलाई कुरेर बसेका छन्।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला लगायत शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन्।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन । दिउँसो १ बजेका लागि डाकिएको बैठक ४:२० बज्दासमेत सुरु नभएको हो ।

सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन् । छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत छन्

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया नै अघि बढाइसकेपछि संस्थापन पक्षले त्यसलाई रोक्ने गरी छलफल तीव्र बनाइरहेको छ ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा संस्थापन समूहले वेवास्था गरेपछि महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका हुन् । विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा जाँदा पार्टी विभाजन हुने भन्दै अहिले दुवै समूहका नेताहरू छलफलमा छन्  ।

 

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?