+
+
Shares

विशेष महाधिवेशनको स्वामित्व लिने मोटामोटी सहमति

नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ र विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको छ।
  • महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापन समूहले अध्ययन गर्ने र सुझावलाई समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको छ।
  • कांग्रेस विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ जसमा तीन समूहका नेताहरू सहभागी छन्।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो ।

महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापान समूहले अध्ययन गर्ने र संस्थापन समूहबाट आएका सुझावलाई पनि प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको उनको भनाइ छ ।

कांग्रेसको विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ । वार्तामा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् । त्यस्तै नेता शेखर कोइरालाको समूहबाट नेताहरू जीवन परियार र मीनेन्द्र रिजाल छन् भने विशेष महाधिवेशनको पक्षबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?