+
+
Shares

कांग्रेस विशेष महाधिवेशन : साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, मतदान भोलि बिहान

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।
  • निर्वाचन समितिका संयोजक सीताराम केसीले भने, 'अब समय थप हुँदैन' र मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गरिनेछ।
  • विशेष महाधिवेशनको बन्द सत्र ९ घण्टादेखि ब्रेक बिना जारी छ र दुई महामन्त्रीले सम्बोधन गरेपछि बन्दसत्र सकिने सचिवालयले जानकारी दिएको छ।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । उनले त्यसपछि मनोनयनका लागि समय थप नगर्ने पनि बताए ।

‘साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । अब समय थप हुँदैन । मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ,’ उनले भने, ‘राति मतदान हुँदैन । भोलि बिहानबाट कार्यक्रमहरूलाई निरन्तरता दिन्छौँ ।’

९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र जारी छ ।  चिया / खानाको लागि ब्रेक नगरी  बन्दसत्र जारी राखिएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सबै समय बन्द सत्रमा रहेको जानकारी गराइएको छ।

बन्द सत्र अब दुई घण्टा चल्ने र आएका सुझावहरूलाई समेट्ने सचिवालयले जानकारी दिएको छ । आज साँझ दुई महामन्त्रीले सम्बोधन गरेपछि मात्रै बन्दसत्र सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?