News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सभापति पदमा अहिलेसम्म ४ जनाले उम्मेदवारी फाराम लिएका छन्।
- सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीले २५ हजार रुपैयाँ बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ।
- विशेष पक्ष र संस्थापन समूहबीच विवाद मिलाउन छलफल जारी छ र केन्द्रीय समिति बैठक बस्दैछ।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ । साँझ साढे सात बजेसम्म मनोनयनको समय तोकिएको छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा उम्मेदवारी दिने भन्दै ४ जनाले फाराम लिएर गएका छन् ।
फाराम लैजानेको नाम, नम्बर केही टिपिएको छैन । निर्वाचन समितिले मनोनयन दर्ताको समयमा मात्रै सबै विवरण लिखित राखिने जनाएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ । त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ ।
सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् ।
विवाद मिलाउन विशेष पक्ष र संस्थापन समूहबीचको छलफल पनि जारी छ । उक्त छलफलले के निष्कर्ष निकाल्छ सोहीअनुसार विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्ने र विशेष पक्षको कामकारबाही हेरेर रणनीति बनाउने पक्षमा संस्थापन समूह छन् ।
संस्थापन समूहले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्दैछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का केन्द्रीय समिति बैठक रोकेर नेताहरूसँगको छलफलमा छन् ।
प्रतिक्रिया 4