+
+
Shares

विशेष महाधिवेशन : सभापतिका लागि ३ वटा फाराम वितरण

नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म ३० वटा फाराम वितरण गरिसकेको जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म ३० वटा फाराम वितरण गरिसकेको जानकारी दिएको छ।
  • विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाएपछि संस्थापन समूहले रोक्न छलफल डाकेको छ।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय समिति बैठक सानेपामा जारी छ।

२९ काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म ३० वटा फाराम वितरण गरिसकेको जानकारी दिएको छ ।

३० मध्ये ३ वटा सभापति पदको उम्मेदवारको लागि तय भएको फाराम रहेको छ । अहिले फाराम वितरणको काम भइरहेको र फाराम बुझ्ने काम ५ बजेपछि मात्रै हुनेछ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई सभपाति शेरबहादुर देउवासहित संस्थापन समूहले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका हुन् ।

विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया नै अघि बढाएपछि संस्थापन समूहले भने यसलाई रोक्न छलफल ‍डाकेको छ । छलफलमा पार्टी सभापित देउवा समूह, नेता शेखर कोइराला समूह र विशेष महाधिवेशन समूहका नेताहरू सहभागी छन् ।

त्यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक पनि जारी छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?