News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन प्रक्रिया अघि बढाएको छ र उम्मेदवारलाई मनोनयन शुल्क नगरी दर्ता गर्न भनिएको छ।
- महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्।
- सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताबीच वार्ता सुरु हुँदैछ।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन प्रक्रिया अघि बढाएको छ । निर्वाचन समितिले उम्मेदवार बन्न चाहनेहरूलाई मनोनयन शुल्क नगदै लिएर आउन पनि भनेको छ ।
उम्मेदवारी दर्ता ५ बजेपछि मात्रै हुने जानकारी दिँदै समितिका कर्मचारीले भने, ‘दर्ता शुल्क नगदै ल्याउनुपर्छ क्युआर चल्दैन ।’
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
आइतबारदेखि विशेष महाधिवेशन जारीछ । उता संस्थापन समूहका नेताहरू भने केन्द्रीय समिति बैठकमा छन् । त्यस्तै सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताहरूबीचको वार्ता पनि सुरु हुँदैछ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4