News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरी मनोनयन आह्वान गरेको छ।
- निर्वाचन समितिका संयोजक सीताराम केसीले मनोनयन आह्वान गर्ने सूचना जारी गर्नुभएको छ।
- कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ रहेको र समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान गरेको छ ।
आज केहीबेरअघि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन् ।
त्यस्तै समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ हो । यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४ छ । समितिका अनुसार अहिले जम्मा महाधिवेशन प्रतिनिधिको संख्या ४६३८ रहेको छ ।
विशेष महाधिवेशन मूल आयोजनक समितिका संयोजक मनोजमणि आचार्य अहिले एक साथ तीनवटा काम भइरहेको बताए । ‘बन्दसत्र जारी छ, वार्ता संवाद भइरहेको छ। निर्वाचन कार्यतालिका प्रकाशित गरेर निर्वाचनको काम अघि बढेको छ,’ उनले भने, ‘संवाद सकारात्मक भए ठिक छ, नभए नयाँ कार्यसमिति बन्छ ।’
प्रतिक्रिया 4